site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘हास्यव्यङ्ग्यकार नालीबेली’ प्रकाशित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपालका हास्यव्यङ्ग्यका क्षेत्रमा कलम चलाउने सर्जकको परिचयकोश सार्वजनिक गरिएको छ । उक्त पुस्तकमा सामग्रीको संकलन तथा सम्पादन लेखक माणिकरत्न शाक्यले गरेका छन् ।

यसभित्र घटोत्कच शर्मा, भैरव अर्याल, श्याम गोतामे, गोपालराज मैनाली, धच गोतामे, भीमनिधि तिवारी, भूपी शेरचन, श्रीधर खनाल, अच्छा राई रसिकसहित चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, रामकुमार पाँडे, कालीप्रसाद रिजाल, नरनाथ लुइँटेल, आरसी रिजाल, विमल निभा, विमल भौकाजी, खगेन्द्र संग्रौलालगायत २७१ हास्यव्यङ्ग्यकारको परिचय दिइएको छ ।

यो पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्