site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखराविरुद्ध १० ओभरमा विराटनगरले बनायो ६१ रन 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा राइनोजविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले १० ओभरमा ६१ रन बनाएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० ओभर सकिँदा विराटनगरले तीन विकेट गुमाएर ६१ रन बनाएको हो ।

विराटनगरबाट हाल क्रिजमा रहेका स्कट एड्वार्ड्सले ११ र निकोलस किर्टोनले १३ रन बनाएका छन् ।

त्यसअघि, विराटनगरले ओपनरद्वय मार्टिन गप्टिल र लोकेश बमसँगै नरेन भट्टलाई गुमाएको थियो । लोकेश २६, गप्टिल पाँच र नरेन चार रनमा पभेलियन फर्किए ।

प्रतियोगिताको प्लेअफ सम्भावना कायम राख्न दुवै टिम जितको दबाबमा छन् । यी दुवै टिमले समान चार खेल खेल्दा एकमा मात्र जित निकालेका छन् ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा पोखराले चितवनसँग ८७ र दोस्रोमा जनकपुर बोल्ट्ससँग सात विकेटको हार व्यहोरेको थियो । पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित निकालेको थियो । पोखराले चौथो खेलमा कर्णाली याक्ससँग पुनः सात विकेटको हार व्यहोरेको थियो ।

विराटनगरले भने प्रतियोगिताको पहिलो र दोस्रो खेलमा क्रमशः जनकपुर र सुदूरपश्चिम रोयल्ससँग आठ विकेट र ९० रनको हार व्यहोरेको थियो । विराटनगरलले तेस्रो खेलमा लुम्बिनीविरुद्ध दुई विकेटको जित निकालेको थियो । विराटनगर चौथो खेलमा कर्णालीसँग सात रनले पराजित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro