site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो हारपछि जनकपुरका कप्तान अनिल भन्छन्– आगामी दिनका निम्ति शिक्षा भयो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो हार व्यहोरेपछि जनकपुर बोल्ट्सका कप्तान अनिल साहले यो आगामी दिनका निम्ति शिक्षा भएको प्रतिक्रिया दिएका छन् । जनकपुरले बुधबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ७२ रनको हार व्यहोरेको थियो ।

खेलमा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ५१ रनमै समेटिएको थियो । खेलपछि पत्रकारसँगको कुराकानीमा अनिलले यो खेल आगामी दिनका लागि शिक्षा भएको प्रतिक्रिया दिएका हुन् । “जसरी प्रतियोगिता सुरु भएको थियो । त्यसरी जान सकिरहेको छैन । ब्याटरको रूपमा हामी सर्ट छनोट गर्न चुक्यौँ । पार्टनरसिप बन्न सकेन । सुरुदेखि हाम्रो टप अर्डर राम्रो भएको थियो । मध्यक्रमले खुल्ने मौका पाएका थिएनन् । तर, अस्तिको खेल र आजको खेलमा मध्यक्रम देखियो । हारले कमजोरीहरू देखायो, आगामी दिनका लागि यो शिक्षा हो,” अनिलले भने ।

आफ्नो प्रदर्शनबाट कत्तिको सन्तुष्ट हुुनुहुन्छ भन्ने प्रश्नमा अनिलले शून्यमा आउट हुँदा कुनै पनि ब्याटर सन्तुष्ट बन्न नसक्ने बताए । “शून्यमा आउट हुँदा पक्कै पनि कोही ब्याटर आफ्नो प्रदर्शनबाट पनि सन्तुष्ट हुँदैन । म पनि सन्तुष्ट छैन,” अनिलले थपे ।

प्रतियोगितामा पहिलो हार व्यहोरेको जनकपुर पाँच खेलबाट आठ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट आठ अंक नै जोडेको सुदूरपश्चिम भने यो जितसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro