site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

सिमकोट (हुम्ला) । हुम्लाको सर्केगाड गाउँपालिका–८, फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ ।

सर्केगाड–मारघोर सडकको ‘ट्र्याक’ खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते भएका थिए । दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको आफन्त रेशमराज रोकायाले बताए । सर्केगाड–मारघोर खण्डको ट्र्याक खोल्ने जिम्मा श्रेया कन्स्ट्रक्सनले पाएको थियो ।

प्रदेश ०३–०१००३ क ६२४९ नंको स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज कँडेलले बताए । जुम्ला गुठीचौकर गाउँपालिका–१, चुत्रा घर भएका ३६ वर्षीय स्काभेटर चालक लाक्पा महतारालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro