site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको मध्यम लक्ष्य दिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल खडा गरेको हो । 

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । ३७ बल खेलेका विनोदले तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर सैब जैबले २१ बलमा दुई छक्कासहित २१ रन बनाए ।

Dabur Nepal
NIC Asia

यी दुईले पहिलो विकेटका निम्ति ७.४ ओभरमा ५५ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका अन्य ब्याटर जनकपुरका बलरसामु खुलेर खेल्न सकेनन् ।

सुदूरपश्चिमका इशान पाण्डेले १४ बलमा एक चौका र एक छक्कासहित १७ रन जोडे । ब्रान्डन म्याकमुलमले १७ बलमा ११ रन थपे । यसबाहेक, सुदूरपश्चिमका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । अविजित रहेका नरेश बुढाऐरले नौ र अभिनाश बोहराले दुई रन बनाए ।

सुदूरपश्चिमलाई मध्यम योगफलमा रोक्न जनकपुरका किशोर महतोले चार विकेट लिए । चार ओभर बलिङ गरेका किशोरले ३५ रन खर्चिए । किशोरले सुदूरपश्चिमका आरिफ सेख, इशान पाण्डे, स्कट कुग्गेलेन र नरेन साउदको विकेट लिए ।

शेर मल्ल र अर्निको यादवले समान दुई विकेट लिए । शेरले हर्मित सिंह र विनोद भण्डारी तथा अर्निकोले दीपेन्द्रसिंह ऐरी र ब्रान्डन म्याकमुलमको विकेट लिए । हर्ष थाकेरको नाममा एक विकेट रह्यो । हर्षले सुदूरपश्चिमका सैब जैबलाई पभेलियनको दिशा देखाए ।

प्रतियोगिताको एकमात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जित निकालेको छ । आजको खेलमा सुदूपश्चिमविरुद्ध जित निकाले जनकपुर प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमै विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटकै जित निकालेको थियो । तेस्रो खेलमा जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो ।

चार खेलबाट आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ । शीर्षक्रम ब्याटिङमा रहेका कप्तान अनिल साह, विकेटकिपर आसिफ सेख, लहिरु मिलान्था, जिम्मी निसम र हर्ष थोकरबाट जनकपुरले बलियो साथ पाएको थियो ।

यता, चारमध्ये तीन खेलमा जित निकालेको सुदूरपश्चिम पनि आजको खेलमा जितसहित प्लेअफको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

चार खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । टिमका कप्तान समेत रहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँगै सैब जैब, विनोद भण्डारी, ब्रान्डन म्याकमुलमको साथले सुदूरपश्चिमलाई प्रतियोगिताकै उपाधि दाबेदारको रूपमा हेरिएको छ ।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित, खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित दर्ता गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार बेहोरेको थियो ।  

प्रतियोगितामा जनकपुरले चारमध्ये तीन खेलमा लक्ष्य पछ्याउँदा जित निकालेको थियो । यता, सुदूरपश्चिमले भने जितका तीनवटै खेलमा टोलीले प्रस्तुत गरेको लक्ष्य रक्षा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro