site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोहित र जफरको शतकीय साझेदारीमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य 

काठमाडौं । कप्तान रोहितकुमार पौडेल र साद बिन जफरको शतकीय साझेदारीप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपील)मा चितवन राइनोजविरुद्ध १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभर ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।

कप्तान रोहितले ८० रन बनाए । उनले ५७ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । जारी प्रतियोगितामा रोहितको यो दोस्रो अर्धशतक हो । रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए ।

साद बिन जफरले ५२ रन थपे । उनले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरे । ४९–४ को स्थितिबाट यी दुईले पाँचौँ विकेटका निम्ति ७१ बलमा ११४ शतकीय रनको साझेदारी गर्दै चितवनको इनिङ सम्हालेका थिए ।

Dabur Nepal
NIC Asia

लुम्बिनीले त्यसअघि ओपनर अर्जुन साउदलाई १५ र टम मुरेसलाई १० रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । अर्का ओपनर आशुतोष घिरैयाले एक रन थप्दा उन्मुक्त चन्द ‘डक’ भए ।

चितवनका रिजन ढकालले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए । रिजनले लुम्बिनीका ओपनर आशुतोष, उन्मुक्त र रोहितको विकेट लिए ।

कप्तान कुशल मल्ल र रन्जीत कुमारले समान एक विकेट लिए । कुशलले टम मुरेस र रन्जीतले अर्जुन साउदको विकट लिएका हुन् ।

लुम्बिनी प्रतियोगितामा जितविहीन एक मात्र टोली हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो । प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किंग्सविरुद्ध दुई विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो पराजय व्यहोरेको थियो । लुम्बिनीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्सविरुद्ध एक रनको हार व्यहोरेको थियो ।

यसैकारण प्रतियोगिताको प्लेअफमा पुग्ने गणितीय सम्भावना कायम राख्न आज लुम्बिनी जितको दबाबमा छ । आजको खेलमा पराजित भए लुम्बिनी आधिकारिक रूपमै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।

प्रतियोगिताका चारमध्ये तीन खेलमा जित निकालेको चितवन भने आज जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा छ ।

चितवनले यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको चितवन तेस्रो खेलमा भने कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा चितवनले प्रतियोगिताको उपाधि दाबेदारका रूपमा हेरिएको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro