site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीलाई पोखराको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई पोखरा एभेन्जर्सले चुनौती प्रस्तुत गर्दै छ ।

प्रतियोगिताको शीर्ष चार सम्भावना कायम राख्न यी दुवै टिमलाई आज जितको आवश्यकता छ । तालिकाको चौथो स्थानमा आसिन कर्णालीले चार खेल खेल्दा दुई जितसहित चार अंक जोडेको छ । तीन खेलबाट दुई अंक जोडेको पोखरा तालिकाको पाँचौँ स्थानमा छ ।

प्रतियोगितामा कर्णालीले आफ्नो पहिलो र दोस्रो खेलमा हार व्यहोरे पनि तेस्रो र चौथो खेलमा भने लगातार जित निकालेको थियो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । यस्तै, कर्णालीले तेस्रो खेलमा भने चितवन राइनोजविरुद्ध ६ विकेटको र चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रनको जित निकालेको थियो ।

यता, सुरुआती दुई खेलमा लगातार हार व्यहोरेको पोखराले भने पछिल्लो खेलमा सानदार जित निकालेको थियो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा भने पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको कीर्तिमानी जित निकालेको थियो । प्रतियोगितामा पोखराको यो जित विकेटको आधारमा कुनै पनि टिमले निकालेको सबैभन्दा ठूलो जितसमेत हो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro