प्रविधि
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा सोमबार एक फरक समस्या वा परिवर्तन देखिएको छ । कम्प्युटरमा क्रोम ब्राउजरबाट फेसबुक चलाउँदा कुनै पनि पोस्टको प्रकाशित मिति देखिँदैन । त्यहाँ क्लिक हुने कोडजस्तो लिंक देखिएको छ ।
कुनै पनि प्रयोगकर्ता वा पेजको पोस्टमा नामको मुनि यसअघि प्रकाशित मिति (यति मिनटेअघि, घण्टाअघि वा मिति) देखिने गरेको थियो । सोमबार भने त्यसको ठाउँमा कोडजस्तो लिंक देखिएको छ ।
त्यसमा क्लिक गर्दा उक्त पोस्ट पपआउट वा अगाडि आएर कमेन्टसहित देखिन थालेको हो । यसबारे फेसबुकको कुनै जानकारी भने आइसकेको देखिँदैन ।
यो पनि पढ्नोस्–
फेसबुकले सबैका लागि दिँदैछ पैसा कमाउने सुविधा ! नेपालबाटै कसरी कमाउने ?
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ १०:४५
प्रतिक्रिया दिनुहोस्