site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसाखिलको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य 

काठमाडौं । हसन एसाखिलको अर्धशतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्ससामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रन बनाएको हो ।

चितवनका ओपनर एसाखिलले ६५ रन बनाए । उनले ५२ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । एसाखिललाई १६औँ ओभरको पहिलो बलमा स्कट कुग्गेलेनले नरेश बुढाएरबाट क्याच गराएका थिए ।

रवि बोपाराले ३६ रन थपे । आक्रामक रूपमा प्रस्तुत भएका बोपाराले १८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । बोपारालाई २०औँ ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले नरेश बुढाएरबाट क्याच गराए । 

विपीन रावलले २० बलमा दुई चौकासहित १७ रन थपे । विपीनलाई ११औँ ओभरको तेस्रो बलमा सैब जैबले कुग्गेलेनबाट क्याच गराए ।

कप्तान कुशल मल्लले १६ बलमा एक चौकासहित १३ रन थपे । कुशललाई १८औँ ओभरको दोस्रो बलमा कुग्गेलेनले बोल्ड गरे ।

ओपनर सन्तोष कार्की भने नौ रन बनाएर पभेलियन फर्किए । सन्तोषलाई ब्रान्डन म्याकमुलमले चौथो ओभरको पहिलो बलमा नरेश बुढाएरबाट क्याच गराएका थिए ।

अविजित रहेका जान निकोल लोफ्टी इटोल र अमर सिंह रौटेलाले क्रमशः दुई र ६ रन बनाए ।

सुदूरपश्चिमका स्कट कुग्गेलेनले दुई विकेट लिए । चार ओभर बलिङ गरेका कुग्गेलेनले २९ रन खर्चिए । ब्रान्डन म्याकमुलम, कप्तान दीपेन्द्रसिंह ऐरी र सैब जैबले समान एक विकेट लिए ।

प्रतियोगितामा सुदूरपश्चिम चौथो जितको लक्ष्यमा छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सविरुद्ध ९० रनको, काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको र लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो ।

चिवतन भने तेस्रो जितको खोजीमा छ । चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेटको र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने चितवनले कर्णाली याक्ससँग ६ विकेटको हार व्यहोरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro