site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमविरुद्ध पावर प्लेमै लुम्बिनीका आधा ब्याटर पभेलियन 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले पहिलो पावर प्लेमै शीर्ष क्रममा चार ब्याटरलाई गुमाएको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले ६ ओभरको खेल सकिँदासम्म ३६ रन बनाउँदा शीर्ष क्रममा पाँच ब्याटरलाई गुमाइसकेको छ । 

लुम्बिनीका ओपनर अर्जुन साउद ‘गोल्डेन डक’ भए । अर्का ओपनर उन्मुक्त चन्द पनि चार रनमै पभेलियन फर्किए । 

यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका कप्तान रोहितकुमार पौडेलले पनि आज पाँच रनमात्रै थप्न सके । टम मुरेसले सात रन जोडे । साद बिन जफर पनि ‘गोल्डेन डक’ भए ।

लुम्बिनीबाट हाल क्रिजमा रहेका सन्दीप जोरा १० र विवेक यादव ६ रनमा खेलिरहेका छन् ।

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले तीन र स्टक कुग्गेलेनले दुई विकेट लिएका छन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro