site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘यो शतक प्रशिक्षक राजिवप्रति समर्पण गर्न चाहन्छु’

काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर ब्याटर आन्द्रियास गौसले आफ्नो शतक टोलीका प्रशिक्षक राजिव कुमारप्रति समर्पण गरेका छन् ।

गौसले शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका थिए । गौसको शतकप्रेरित पोखराले लुम्बिनीले दिएको १७१ रनको लक्ष्य १६.५ ओभरमा पूरा गरेको थियो ।

खेलपछि पत्रकारसँगको कुराकानीमा गौसले प्रशिक्षक राजिव कुमाले आज बिहान बुबालाई गुमाउनु परेको कारण शतक उनीप्रति समर्पण गर्न चाहेको बताएका हुन् ।

“म यो शतक हाम्रो प्रशिक्षकलाई समर्पण गर्न चाहन्छु । दुर्भाग्यबस् उहाँले आज बिहान बुबा गुमाउनुभयो । त्यसैले यो शतक उहाँको लागि,” गौसले भने ।

लुम्बिनीविरुद्ध गौसले ५४ बलमा १०० रन पूरा गरेका थिए । पोखराको जितमा अविजित रहेका उनले ५५ बलमा १०४ रन बनाए । योसँगै गौस एनपीएलमा शतक बनाउने पहिलो ब्याटर समेत बने ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro