site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीविरुद्ध पोखराका अर्का ओपनर दिनेशले पनि बनाए अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सबाट ओपनर दिनेश खरेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याइरहेको पोखराबाट दिनेशले ३९ बलमा ५० रन बनाए । यसक्रममा उनले चार र तीन छक्का प्रहार गरे ।

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा बनेको यो १२औँ अर्धशतक हो । ब्याटरका आधारमा दिनेश अर्धशतक बनाउने ११औँ खेलाडी बने । दिनेशअघि पोखराका गौसले पनि २० बलमै ५० रन पूरा गरेका थिए ।

जारी खेलको १५ ओभर सकिँदा पोखराले विकेट नगुमाई १५१ रन बनाएको छ । पोखराबाट हाल क्रिजमा दिनेशसँगै रहेका आन्द्रियस गौसले ९१ रन बनाएको छन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो ।

लुम्बिनी र पोखरा आज पहिलो जितको खोजीमा छन् । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । यता, पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro