site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनीविरुद्ध पोखराका गौसको आक्रामक अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सबाट ओपनर आन्द्रियस गौसले आक्रामक अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याइरहेको पोखराबाट गौसले २० बलमै ५० रन बनाए । यसक्रममा उनले समान चार चौका र छक्का प्रहार गरे । योसँगै गौस प्रतियोगितामा अर्धशतक बनाउने ११औँ ब्याटर बने ।

Dabur Nepal
NIC Asia

जारी खेलको सात ओभर सकिँदा पोखराले विकेट नगुमाई ९३ रन बनाएको छ । पोखराबाट हाल क्रिजमा गौससँगै रहेका दीनेश खरेलले ३२ रन बनाएको छन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो ।

लुम्बिनी र पोखरा आज पहिलो जितको खोजीमा छन् । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । यता, पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro