site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखराविरुद्ध पावर प्लेमा लुम्बिनीको मध्यम सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध पावर प्लेमा मध्यम सुरुआत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको लुम्बिनीले ६ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ४६ रन बनाएको छ । चितनबाट हाल क्रिजमा रहेका कप्तान रोहित पौडेल २७ र सन्दीप जोरा १६ रनमा खेलिरहेका छन् ।

लुम्बिनी र पोखरा आज पहिलो जितको खोजीमा छन् ।

लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । यता, पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro