site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारलाई नटेर्ने र चुनौती दिन खोज्ने प्रवृत्ति अनुचित : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका छन् । बिहीबार बुटवलमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११औँ केन्द्रीय सभामा उनले यस्तो बताएका हुन् ।

प्राधिकरणले पनि उद्योगीले उपयोग गरेको विद्युत्को बिल उपलब्ध गराउन सक्नुपर्नेमा उनले जोड दिए । उनले डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवाद छिटै समाधान हुने बताए ।

सरकारलाई नटेर्ने र चुनौती दिन खोज्ने प्रवृत्ति उचित नभएको उनले उल्लेख गरे । यस्तो प्रवृत्ति सहज ढंगले अन्त्य होस् भन्ने सरकारले चाहेको उनले बताए । उनले विद्युत् प्राधिकरण आफैँ सबल र सक्षम नहुँदासम्म कर्मचारी सफल हुन नसक्ने पनि बताए ।

कर्मचारीको ५२ महिनादेखि रोकिएको बिमा र सेवा–सुविधाका विषयमा सरकारले छलफलबाट समाधान निकाल्ने उनले प्रतिबद्धता व्यक्त गरे । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro