site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखराविरुद्ध पावरप्लेमा जनकपुरको उत्कृष्ट सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पहिलो पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी खेलमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले ६ ओभरमा एक विकेट गुमाएर ६२ रन बनाएको छ ।

हाल जनकपुरबाट क्रिजमा रहेका ओपनर आसिफ सेख १२ र लहिरु मिलान्था ३९ रनमा खेलिरहेका छन् । यसअघि कर्णालीविरुद्ध अर्धशतक बनाएका कप्तान अनिल साह भने आज एक रनमै आउट भए ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनको योगफल खडा गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro