site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनको योगफल खडा गरेको हो ।

पोखराका मार्कस क्रिटचेलीले सर्वाधिक ३५ रन बनाए । ललित राजवंशीले गरेको १६.३ ओभरमा अनिल साहबाट क्याच हुनुअघि उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

माइकल लियस्कले २५ रन बनाए । २०औँ ओभरको चौथो बलमा आउट भएका लियस्कले १३ बलमा तीन छक्का प्रहार गरे । उनलाई किशोर महतोले आसिफ सेखबाट क्याच गराए । 

आन्द्रियस गौसले १६ बलमा तीन चौका र एक छक्कासहित २० रन थपे । गौसलाई चौथो ओभरका छैटौँ ओभरमा ललित राजवंशीले आसिफ सेखबाट क्याच गराए । रेमन रेफरले २० बलमा एक चौकासहित १७ रन थपे । रेफरलाई जिम्मी निसमले १८.३ ओभरमा अनिल साहबाट क्याच गराए ।

ओपनर दीनेश खरेल र दीलिप नाथले क्रमशः १० र ११ रन थपे ।

जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३१ रन थपे । जिम्मी निसमले दुई विकेट लिए । यस्तै, किशोर महतो र मोहमद मोहसिनले समान एक विकेट लिए ।

एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो । 

प्रतियोगितामा पोखराको भने यो दोस्रो खेल हो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो । पोखरा आज पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro