site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सबाट ओपनर लोकेश बमले अर्धशतक बनाएका छन् । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको विराटनगरबाट लोकेशले ३६ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले दुई चौका र चार छक्का प्रहार गरे । 

जारी खेलको १३ ओभर सकिँदा विराटनगरले चार विकेट गुमाएर १०४ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रनको योगफल खडा गरेको थियो । 

प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । यस्तै, विराटनगरको भने यो तेस्रो खेल हो । विराटनगर आज पहिलो जितको खोजीमा छ । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro