देश
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ । कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, जमिन खन्ने क्रममा दुईवटा बम भेटिएका हुन् ।
बमलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको थियो । रासस
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ २३:२०
प्रतिक्रिया दिनुहोस्