अर्थ व्यवसाय
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएसँगै डिशहोमले आफ्नो इन्टरनेट सेवामा अफर सार्वजनिक गरेको छ । कम्पनीले एनपीएलका फ्यानहरूलाई लक्षित गरी अफर ल्याएको बताएको छ ।
अफरअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसको वार्षिक इन्टरनेट प्याकेजमा थप तीन महिनाको बोनस र निःशुल्क राउटर मिल्ने भएको छ ।
एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार प्राप्त गरेको डिशहोमले यो अफर नयाँ तथा पुराना ग्राहकको लागि लागु हुने बताएको छ ।
पुराना ग्राहकले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले इन्टरनेट जडान गर्दा यो अफर पाउने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १८:४४
प्रतिक्रिया दिनुहोस्