site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोमाञ्चक खेलमा अफगानिस्तानविरुद्ध नेपाल एक विकेटले विजयी 

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपाली युवा टिमले अफगानिस्ताविरुद्ध एक विकेटको सहज जित निकालेको छ । 

मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाहमा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो । 

Dabur Nepal
NIC Asia

नेपालले जितका लागि नौ रन आवश्यक हुँदा आठौँ विकेट गुमाएको थियो । अन्तिम विकेट बाँकी रहँदा नेपालका कप्तान हेमन्त धामी र युनिस ठकुरीले नौ रन बनाउँदै नेपाललाई रोमाञ्चक जित निकालेको हो । शीर्ष क्रम धराशायी बने पनि नेपालबाट आठौँ नम्बरमा ब्याटिङका निम्त आएका नरेन साउदले सर्वाधिक २६ रन बनाए । सम्हालिएर ब्याटिङ गरेका उनले ५४ बलमा दुई चौका प्रहार गरे । 

१०औँ नम्बरमा ब्याटिङ गर्न आएका हेमन्त धामीले अविजित २२ रन बनाए । उनले ३३ बलमा दुई चौका प्रहार गरे । नवौँ नम्बरमा ब्याटिङमा आएका अभिषेक तिवारीले १३ रन थपे । अर्जुन कुमालले ६२ बलमा दुई चौकासहित २१ रन बनाए । 

अफगानिस्तानका एएम घाजन्फिर र खातिर स्तानिकजाईले समान तीन विकेट लिए । अब्दुल अजिज र महबुब खानले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । अफगानिस्तानका फैसल सिनुजादाले ५२ रन बनाए । स्तानिकजाईले १५, घाजन्फिरले ११ र नासिर खानले १० रन थपे । 

नेपालका सन्तोष यादव र युनिस ठकुरीले समान तीन विकेट लिए । हेमन्त धामी र अभिषेक तिवारीले दुई–दुई विकेट लिए । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । योसँगै नेपालको एसिया कप यात्रा समाप्त भएको छ । नेपालले तीन खेलबाट दुई अंक जोड्दै समूह ‘बी’ मा तेस्रो स्थान हासिल गर्‍यो । यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro