site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनविरुद्ध पावर प्लेमै पोखराको ब्याटिङ धराशायी, गुमायो ६ विकेट 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पहिलो पावर प्लेमै शीर्ष क्रममा ६ विकेट गुमाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याइहेको पोखराले ६ ओभरमा १६ रन बनाउँदा ६ विकेट गुमाएको हो । पहिलो ओभरमा कप्तान कुशल भुर्तेल, दीलिप नाथ र बास डे लिडेलाई गुमाएको हो । 

चितवनका सोहेल तान्विरले इनिङको पहिलो बलमै पोखराका कप्तान कुशललाई ‘रोयल डक’ गरे । यस्तै, चौथो बलमा चार रन बनाएका दीलिप र त्यसपछि ब्याटिङमा आएका बास डे लिडेलाई ‘गोल्डेन डक’ गरे । 

यसपछि चौथो ओभरमा रिजन ढकालले पनि तीन विकेट लिए । सो ओभरको पहिलो बलमा रिजनले दीनेश खरेल, चौथो बलमा किरण ठगुन्ना र अन्तिम बलमा माइकल लिस्कलाई आउट गरे । पोखराका दीनेश र किरणले समान एक रन बनाउँदा लियस्क ‘डक’ भए । 

पावर प्लेमा समान तीन ओभर गरेको तान्विर र रिजनले एक–एक मेडन फ्याके । त्यसअघि टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro