site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनविरुद्ध पोखराले पहिलो ओभरमै गुमायो तीन विकेट 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पहिलो ओभरमै तीन विकेट गुमाएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याइहेको पोखराले पहिलो ओभरमा कप्तान कुशल भुर्तेल, दीलिप नाथ र बास डे लिडेलाई गुमाएको हो । चितवनका सोहेल तान्विरले इनिङको पहिलो बलमै पोखराका कप्तान कुशललाई ‘रोयल डक’ गरे । 

यस्तै, चौथो बलमा चार रन बनाएका दीलिप र त्यसपछि ब्याटिङमा आएका बास डे लिडेलाई ‘गोल्डेन डक’ गरे । जारी खेलको दुई ओभर सकिँदा पोखराले तीन विकेट गुमाएर चार रन बनाएको छ । 

खेलको दोस्रो ओभर रिजन ढकालले मेडन फ्याके । त्यसअघि टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रनको योगफल खडा गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro