site stats
बाह्रखरी :: Baahrakhari
खेल
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङमा 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले ब्याटिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुने खेलका लागि भएको टस जितेर कर्णालीले ब्याटिङ रोज्दै जनकपुरलाई फिल्डिङको निम्तो दिएको हो ।

आजको खेलमा कर्णालीबाट सोमपाल कामी र जनकपुरबाट अनिल शाहको कप्तानमा मैदान उत्रिने छ ।

प्रतियोगितामा कर्णालीको यो पहिलो खेल हो । जनकपुरले भने यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको थियो ।

सोमबारको पहिलो खेलमा यसअघि चितवन राइनोजले काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्