site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेका समर्थकले माइतीघरमा गरे प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी ठगी प्रकरणमा काठमाडौं सरकारी वकिल कार्यालयमा लामिछानेको बयान भइरहँदा उनका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजनीतिक प्रतिशोध साँधेर निर्दोष व्यक्तिलाई थुनामा राखेको आरोप लगाएका छन् ।

प्रदर्शनकारीहरूले 'रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर' लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारा लगाएका थिए ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा बयानका लागि बिहीबार काठमाडौं ल्याइएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro