site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मतदान कसरी गर्ने ? यस्तो अवस्थामा हुन्छ मत बदर

काठमाडौं । स्थानीय तहमा रिक्त ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति आइतबार (भोलि) मतदान हुँदै छ । काठमाडौंको कीर्तिपुर नगरपालिकालगायत स्थानमा उपनिर्वाचनअन्तर्गत मतदान हुन लागेको हो ।

उपनिर्वाचन हुने स्थानमा बिहान ७ः०० देखि बेलुका ५ः०० बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । निर्धक्क भई मतदान गर्न सम्बन्धित सबै मतदातालाई आयोगले आग्रह गरेको छ ।

आयोगले मतदान कसरी गर्ने भन्ने बारेमा जानकारी पनि गराएको छ । आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै एक उमेदवारको निर्वाचन चिह्न भएको कोठामा स्वस्तिक छापले मत संकेत गर्नुपर्छ । त्यसपछि मतपत्रलाई राम्ररी पट्याएर मतपेटिकामा खसाल्न आयोगले आग्रह गरेको छ ।

आयोगले मत बदर हुने अवस्थाबारे पनि जानकारी गराएको छ । मतपत्र च्यातिएमा, मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा, मतपत्रमा स्वस्तिक छाप नबुझिने गरी लतपतिएमा मत बदर हुन्छ ।

यस्तै, दुईवटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मत संकेत गरेमा, निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत संकेत गरेमा, मतपत्रमा स्वस्तिक छापबाहेक औँठाछाप, हस्ताक्षर आदिले मत संकेत गरेमा पनि मत बदर हुने आयोगले जनाएको छ ।

efmsdg-1732983867.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro