site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्धक्क भई मतदान गर्नोस् : आयोग

काठमाडौं । निर्वाचन आयोगले आइतबार (भोलि) हुने उपनिर्वाचनमा निर्धक्क भई मतदान गर्न सम्बन्धित सबै मतदातालाई आग्रह गरेको छ । स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।

“...आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई आफूले रोजेको उमेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदाताहरूमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ,” आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपनिर्वाचन हुने स्थानमा बिहान ७ः०० देखि बेलुका ५ः०० बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न सकिने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।

“मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक निर्वाचन सुरक्षामा असर नपर्ने गरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन हुनुका साथै मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई अनुरोध समेत गरिसकेको छ,” विज्ञप्तिमा उल्लेख छ । 

मतदानमा अवाञ्छनीय प्रभाव पार्ने कार्य भएको पाइए जो कोहीलाई कारबाही गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

“मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन, मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उमेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालाको सहयोग हुनेछ भन्ने आयोगले विश्वास लिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तहमा रिक्त ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति आइतबार मतदान हुँदै छ । काठमाडौंको कीर्तिपुर नगरपालिकालगायत स्थानमा मतदान हुन लागेको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro