site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रकाशमानलाई प्रकाश ज्वालाले भने– गाईजात्रा देखाउनुभयो, गणेशमानको बदमान गर्नुभयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वर्गीय गणेशमान सिंहको अपमान गरेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद ज्वालाले गणेशमान सिंहको नाममा करिब ५७ करोड बजेट विनियोजन गरिएकोप्रति आपत्ति जनाए ।

“आज सहरी विकास मन्त्रालयको पनि विषय रहेछ । परिभाषाअनुसारकै काम गरिरहेको छैन, सहरी विकास मन्त्रालयले । आफ्ना रुचिका, आफ्ना आसेपासेका लागि, आफ्ना वरिपरिका मान्छेहरूका लागि कहाँकहाँबाट घुमाएर पैसा हाल्न सकिन्छ, जुनसुकै शीर्षकमा पनि योजनाहरू थुपारेर आफ्ना भरौटेहरूलाई पाल्ने, पोस्ने र बिचौलियाहरूले कमाइ खाने भाँडो बनाइएको छ, सहरी विकास मन्त्रालय," ज्वालाले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले थपे, "यस्तो खालको ज्यादती, बेथिति, यसको पनि एउटा हद हुन्छ नि । माननीय मन्त्रीज्यू सिनियर हुनुहुन्छ, के गर्नुभएको ? गणेशमानको नाममा करिब ५७ करोड बजेट ? कुनै उत्पादनमूलक काममा होइन, युवाहरूलाई रोजगारी दिने कार्यक्रममा होइन, अनुत्पादक संरचनाहरू बनाउने नाममा गणेशमानलाई बदमान गर्नुभयो तपाईंले । गणेशमानलाई सबैले सम्मान गर्छन्, तपाईंले अपमान गर्नुभयो । मंगलादेवीलाई तपाईंले अपमान गर्नुभयो ।”

उनले स्वर्गीय पुष्पलाल श्रेष्ठको नाममा ७० लाख रुपैयाँ विनियोजन गरेर सहरी विकासमन्त्रीले काठमाडौंमा गाईजात्रा गरेको टिप्पणी गरे ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्