site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तह उपनिर्वाचन : मतदाता परिचयपत्र नभए के गर्ने ?

काठमाडौं । स्थानीय तहमा रिक्त ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति आइतबार (भोलि) मतदान हुँदै छ । काठमाडौंको कीर्तिपुर नगरपालिकालगायत स्थानमा उपनिर्वाचनअन्तर्गत मतदान हुन लागेको हो ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका सम्बन्धित क्षेत्रका व्यक्तिलाई मताधिकारको उपयोग गर्न आग्रह गरेको छ । मतदाता परिचयपत्र नभएको अवस्थामा पनि मतदान गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

“निर्वाचन हुने वडामा बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई आफूले रोजेको उमेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदाताहरूमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ,” आयोगद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति पढ्नोस्–

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro