site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तह उपनिर्वाचन : मतदानका दिन के गर्न हुँदैन ?

काठमाडौं । स्थानीय तहमा रिक्त ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति आइतबार (भोलि) मतदान हुँदै छ । काठमाडौंको कीर्तिपुर नगरपालिकालगायत स्थानमा उपनिर्वाचनअन्तर्गत मतदान हुन लागेको हो ।

मतदान हुने दिन समेत निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । राजनीतिक दल, उमेदवार, दलको भातृसंगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा १८ बमोजिमका कार्य नगर्न/नगराउन निर्वाचन निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

Dabur Nepal
NIC Asia

आयोगका अनुसार, मतदान केन्द्रमा राजनीतिक दल वा उमेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन हुँदैन ।

यस्तै, मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उमेदवारको पहिचान देखिने एकै किसिमको सांकेतिक पोसाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन हुँदैन ।

मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अरू कोही मानिस मतदान केन्द्रमा प्रवेश गर्न हुँदैन ।

विज्ञप्ति पढ्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro