site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनका लागि सबै मतदान केन्द्रलाई अतिसंवेदनशीलमा राखियो

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानका सबै मतदान केन्द्रलाई अतिसंवेदनशील मानेर सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको छ । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन आग्रह गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

“हामीले सबैलाई अतिसंवेदनशील भन्नु भनेका छौँ । सुरक्षा निकाय र सुरक्षाकर्मी प्रयाप्त छन् । सबैलाई अतिसंवेदनशील ठानेर आवश्यक सुरक्षा व्यवस्था गर्न आग्रह गरेका छौँ,” उनले बाह्रखरीसँग भने ।

Dabur Nepal
NIC Asia

उनले सुरक्षाकर्मीको संख्या निर्धारणका लागि मतदान केन्द्र अतिसंवेदनशील, संवेदनशील र सामान्यमा छुटाउने गरिन्छ ।

“अतिसंवेदनशील, संवेदनशील र सामान्य भनेको सुरक्षाकर्मीको संख्या किटान गर्नका लागि हो । अहिले सुरक्षाकर्मी पर्याप्त दिन सकिन्छ भने अतिसंवेदनशीलमा राखेर मतादन केन्द्रमा ९ जना खटाउने भन्ने हो,” थपलियाले भने ।

मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो । जसका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् ।

उपनिर्वाचन हुन लागेका तीन पदमा एकल उमेदवारी परेकोले सर्वसम्मत भइसकेको छ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । त्यसैले ४१ पदका लागि मात्रै मतदान हुने छ ।

उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro