site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
म थाकेको छैन : प्रचण्ड 

काठामाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अवस्था परिवर्तन गर्न नयाँ संकल्प आवश्यक रहेको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावीसभामा उनले नयाँ आन्दोलनका लागि थाक्न नुहने बताए । 

“नयाँ आन्दोलन आवश्यक छ । हामी थाक्न हुने स्थिति छैन, हामी थाकेको छैन । म थाकेको छैन । फेरि एउटा आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको वातावरण बनाउन रातदिन देशभरि खटेको छु,” उनले भने । 

Dabur Nepal
NIC Asia

प्रचण्डले राज्य विचौलियाले चलाउने गरेको भन्दै आफू प्रधानमन्त्री बनेका बेला त्यसलाई भत्काउने कोसिस गरेको सुनाए । “राज्य केही विचौलियाहरूले चलाउने गरेका छन् । सेटिङ भत्काउन मैले डेढ वर्ष बल गरे,” उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिप्रति संकेत गर्दै भने, “जुन नियुक्ति रोक्न मैले १८ महिना लडाइँ लडे । हामीलाई हटाएपछि त्यही सेटिङमा गएको छ ।” 

उनले लोडसेडिङको अन्त्य गर्न उपयुक्त पात्र कुलमान घिसिङलाई ल्याएर लोडसेडिङ मुक्त गरेको बताए । “कुलमान घिसिङ नै योग्य व्यक्ति भनेर त्यतिबेला धेरैले भनेका थिए । कांग्रेसका ठूला नेताले त देशको सम्पति हो कुलमान घिसिङ, यो सम्पति बचाउनुपर्छ भन्थे । त्यो सन्दर्भमा विद्युत् प्राधिकरणको एमडी नियुक्त गरेँ नभन्दै लोडसेडिङ अन्त्य पनि भयो,” उनले भने । 

लोडसेडिङ गर्ने व्यक्तिमाथि नै सरकार प्रहारमा लागिरहेको उनको भनाइ छ । “विद्युत् प्राधिकरण अर्बौँ नाफामा छ । सरकारको ध्यान जसले लोडसेडिङ मुक्त ग¥यो अपमानित गर्ने कोसिसा गरिरहेको छ । जनताको सानो बिल तिर्नै पर्ने अर्र्बाैँ तिर्न नपर्ने गरिराखेको छ,” उनले भने । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro