site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
को हुन् ​​​​​​​धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका सन्तोषनारायण श्रेष्ठ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको स्रोतले जनाएको छ ।

यसअघि, आइतबार सिफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो । उनीहरूमध्येबाट मन्त्रिपरिषद्ले सन्तोषनारायणलाई नियुक्त गरेको हो ।

बोर्डको अध्यक्षका लागि आवेदन दिएकामध्ये पाँचजना सर्टलिस्टमा परेका थिए । उनीहरूमध्ये सन्तोषनारायण र मुक्तिको गत असार २ गते नै अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो ।

बाँकी रहेका डा. अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईंलाई सिफारिस समितिले आइतबार अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर, नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का अध्यक्ष चापागाईं सहभागी भएनन्

आइतबार अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागीमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कार्कीको नाम भने सिफारिसमा परेन ।

को हुन् सन्तोषनारायण श्रेष्ठ ?

वित्तीय क्षेत्रमा दखल राख्ने श्रेष्ठले काठमाडौं विश्व विद्यालयबाट सन् २००३ मा स्नातकोत्तर गरेका हुन् । उनीसँग दुई दशक लामो पेसागत ताथ व्यावसायिक अनुभव छ । उनले स्वाभिमान लघुवित्त वित्तीय संस्था (तिलोत्तमा)को अध्यक्ष भएर (२०१७–२०२४) काम गरे । 

उनी नेपाल विद्युत् प्राधिकरणको सदस्य (२०१३–१६) पनि रहिसकेका छन् । यस्तै, नेपाल एक्सप्रेस फाइनान्सको सदस्य (२००५–२०१५) पनि रहे ।

उनीसँग नारायण सोप एन्ड केमिकल्सको प्रबन्ध निर्देशक, जियोसन नेपाल इन्जिनियरिङ एन्ड सोलुसन्सको कार्यकारी निर्देशकका साथै विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थासँग काम गरेको अनुभव छ ।

उनले सरकारबाट प्रदान गरिएको नयाँ जिम्मेवारीलाई आगामी दिनमा आफ्नो कामबाटै प्रमाणित गर्ने प्रतिक्रिया दिएका छन् । नेपालको पुँजीबजारलाई साँच्चिकै लगानी जुटाउने स्रोतको रूपमा विकास गर्ने उनको योजना छन् । उनले पुँजीबजारबाट मुलुकको विकास र समृद्धिमा योगदान गर्ने बताएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  २१:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro