देश

काठमाडौं । लमजुङमा बिहीबार राति भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा लमजुङस्थित खुदी बजार वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खुदी खोलामा जलसतह सतर्कता तहनजिक रहेको र बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
विभागले असार १२ गते, राति ११:४० बजे सूचना जारी गर्दै भनेको छ, "लमजुङको खुदी बजार आसपासको क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षामापन भएको र खुदी खोलामा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय आसपासका क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ ।"
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ २३:४२
प्रतिक्रिया दिनुहोस्