site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खुकुरीले सार्वजनिक गर्‍यो नेपालकै पहिलो कास्क सिरिजको प्रिमियम रम, कति छ मूल्य ?

काठमाडौं । खुकुरी रमको निर्माता कम्पनी नेपाल डिस्टिलरिज (एनडीपीएल)ले लिमिटेड कास्क सिरिज रमको आफ्नो पहिलो संस्करण सार्वजनिक गरेको छ । विशेष रम पाँचहजार २०० वटा विशिष्ट संख्या अंकित बोतलमात्र उत्पादन भएको कम्पनीले बताएको छ ।

अतुलनीय गुणस्तरको यो मदिरा एक अद्वितीय नेपाली शिल्पकलाको उदाहरण भएको र खुकुरी रमलाई उत्कृष्ट रमहरूको विश्वव्यापी सूचीमा समावेश गरेको कम्पनीको भनाइ छ ।  सीमित उत्पादन हुने रममध्ये एकहजार ६०० बोतलमात्र स्वदेशी बजारमा उपलब्ध हुने र बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने एनडीपीएलले बताएको छ।

नेपाली बजारमा यो प्रिमियम रम १० हजार रुपैयाँमा निश्चित ग्राहकलाई मात्र निजी च्यानलमार्फत बिक्री गरिने भएको छ ।

कास्क रम बनाउने पद्दति एक लामो मेहिनतको प्रक्रिया भएको र यसको सुरुवात हिमालको पानी र गुणस्तरीय उखुको मोलासेसको छनोटबाट सुरु हुने बताइएको छ । यी कच्चा पदार्थहरू फर्मेन्टेसन, डिस्टिलेसन र सावधानीपूर्वक छानिएका कास्कमा एजिङ गर्नेजस्ता जटिल प्रक्रियामार्फत रूपान्तरण गरिने कम्पनीले जनाएको छ ।

यस विशेष संस्करणको केन्द्रमा रहेको कास्क प्रिमियम मदिराहरूको एजिङका लागि प्रयोग एक काठको ब्यारेल हो । यी कास्कहरूले गहन एवम् सन्तुलित स्वादहरूको सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

कास्क सिरिजको पहिलो प्रिमियम रम स्मोक्ड फिनिस स्मोक्ड फिनिस भएको कास्क शृंखलाको पहिलो संस्करणले गाढा र नवीन स्वाद प्रस्तुत गर्ने बताइएको छ ।

चारिङ (भित्रबाट डढाएका) कास्कमा गरिने अद्वितीय एजिङ प्रक्रियाले यसमा परिष्कृत र गाढा स्वाद सिर्जना गरेको कम्पनीले जनाएको छ । चारिङ प्रविधिले सामान्यतया धुवाँको सुगन्ध प्रदान गरेर रमलाई पुरक प्राकृतिक स्वाद दिएको बताइएको छ ।

यस प्रक्रियाबाट स्मोकी, हल्का जलेको काठ र सुक्ष्म मसलाहरूको सुगन्धले यस रमलाई अति विशेष बनाएको बताइएको छ । कास्क शृंखलाका भावी संस्करणहरूमा अन्य कास्क एवम् प्रक्रिया समावेश हुने कम्पनीले बताएको छ ।

खुकुरीजस्तो उत्कृष्ट रम सिर्जना गरेको ६ दशक भन्दा लामो अनुभव भएको नेपाल डिस्टिलरीजले सीमित खुकुरी कास्क शृंखलामा अतुलनीय विशेषज्ञता थप्ने विश्वास गरेको छ ।

केही पुराना ब्याचसहित दुर्लभ रमको भण्डारबाट सावधानीपूर्वक चयन गरेर कम्पनीले विलासी, स्मोक्ड फिनिस रम सिर्जना गरेको र यसले प्रत्येक बोतलमा शिल्प, कौशल र समर्पणको उदाहरण झल्काएको कम्पनीको भनाइ छ।

कम्पनीका सीईओ रमेश कृष्णनले स्मोक्ड फिनिसमा काम गर्न पाउँदा उत्साह जागेको बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro