राजनीति

काठमाडौं । संयुक्त राष्ट्रसंघको ‘विकासका निम्ति वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मड्रिड पुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई मड्रिङको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका निम्ति नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरे ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाडौंबाट कतारको दोहा हुँदै मड्रिड पुगेको हो । उनी आज साँझ सम्मेलनस्थल स्पेनको सेभिया पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १५, २०८२ १२:०६
प्रतिक्रिया दिनुहोस्