site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वायनाडमा प्रियंका गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता 

केरला । भारतको केरलको वायनाड लोकसभा सिटमा भएको उपनिर्वाचनमा भारतीय कांग्रेसका उमेदवार प्रियंका गान्धी वाड्राले तीन लाखभन्दा बढी मतान्तरले अग्रता कायम गरेकी छन् ।

गान्धीले चार लाख ६१ हजार ५६६ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय कम्युनिस्ट पार्टी (भाकपा)का सत्यन मोकरीले एक लाख ५६ हजार ५६६ मत प्राप्त गरेका छन् । भारतीय जनता पार्टी (भाजपा)का नाव्या हरिदास ८४ हजार ४९९ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

महाराष्ट्र र झारखण्डको विधानसभा चुनावसँगै १४ राज्यका ४८ विधानसभा निर्वाचन क्षेत्र र लोकसभाका दुई सिटका निम्ति भएको उपनिर्वाचनको सम्पूर्ण परिणाम शनिबार नै आउने अपेक्षा गरिएको छ ।

लोकसभाका निम्ति कांग्रेस नेता राहुल गान्धी यसै वर्ष जुनमा भएको चुनावमा केरल राज्यको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी भएका थिए । त्यसपछि उनले वायनाडबाट राजीनामा दिएका थिए । गान्धीले वायनाडबाट तीन लाख ६४ हजारभन्दा बढी मतको अन्तरले विजय हासिल गरेका थिए । उनको स्थानमा प्रियंका गान्धी वायनाडबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् ।

वायनाडबाहेक महाराष्ट्रको नान्देड लोकसभा सिटमा पनि उपनिर्वाचन भएको छ । भाजपाका उमेदवार सन्तुकराव हाम्बार्डे दुई हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन् । दोस्रो स्थानमा कांग्रेस उमेदवार रवीन्द्र चव्हाण छन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro