site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईपीएलको आगामी तीन संस्करणका मिति सार्वजनिक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी तीन संस्करणका मिति सार्वजनिक भएको छ । आयोजकले बिहीबार आईपीएल २०२५, २०२६ र २०२७ संस्करणको मिति सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तालिकाअनुसार, आईपीएलको आगामी संस्करण मार्च १४ देखि सुरु हुने छ । जसको फाइनल खेल मे २५ मा हुने छ । यस्तै, २०२६ को संस्करण मार्च १५ देखि मे ३१ सम्म सञ्चालन हुने छ । सन् २०२७ को संस्करण पनि मार्च १४ देखि मे ३० सम्म सञ्चालन हुने छ । 

सन् २०२५ को संस्करणमा कुल ७४ खेल हुने छन् । यसअघि गएको संस्करणमा पनि ७४ खेल नै भएका थिए । तर, सन् २०२२ को संस्करणमा कुल ८४ खेल भएका थिए । 

सन् २००८ देखि सुरु भएको आईपीएलले हालसम्म सात फरक विजेता पाइसकेको छ । प्रतियोगितामा हालसम्म चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सले समान पाँचपटक उपाधि जितेका छन् । यस्तै, कोलकाता नाइट राइडर्सले तीनपटक जित्दा सनराइजर्स हैदराबाद, डेकेन चाजर्स, राजस्थान रोयल्स र गुजरात टाइटन्सले समान एकपटक आईपीएल उपाधि जितेका छन् ।

सन् २०२४ मा प्रतियोगिताको उपाधि कोलकाताले जितेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro