site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिस्नेरी एन्फा एकेडेमी पहिरोपीडित परिवारले लगाए एन्फामा ताला 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीमा पहिरोमा परेका पीडित परिवारले न्यायको माग गर्दै बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी गरेका छन् । 

गत असोज ११ गते देशभर आएको अविरल वर्षाका कारण पहिरो जाँदा मकवानपुरस्थित सिस्नेरी एकेडेमीका ६ खेलाडीको ज्यान गएको थियो । घटनामा प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योन्जन, आदित्य बलम्पाखी र विवश बानियाँको मृत्यु भएको थियो । 

Dabur Nepal
NIC Asia

एकेडेमीमा थुप्रै लापरबाही भएको र त्यही लापरबाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको पीडितका आफन्तले बताएका छन् । आफ्ना अबोध सन्तानले अनाहकमा ज्यान गुमाउनुपरेको विषयले संसदीय छलफलमै प्रवेश पाएपछि अभिभावकलाई सन्तान गुमाए पनि कम्तीमा न्याय पाउने आशा थियो । यही आशा बोकेर प्रहरी, एन्फा, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुदमन्त्री हुँदै प्रधानमन्त्रीसम्म न्यायको भिख माग्दै धाएका पीडित अभिभावकहरूले झन्डै दुई महिनाको समय खर्चिए । 

यसअघि अभिभावकले अब नबोली न्याय नपाउने ठहर गर्दै मंगलबार पत्रकार सम्मेलन गरेका थिए । जहाँ सिस्नेरी घटनामा ज्यान गुमाएका सबै ६ खेलाडीका अभिभावक थिए । बारम्बार न्यायको माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरूले एन्फा मुख्यालयमा ताला लगाएका हुन् । ताला लगाउने क्रममा सातदोबाटोको माहोल केही तनावपूर्ण बनेको थियो । अभिभावक एन्फा मुख्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro