राजनीति

काठमाडौं । केन्द्रमा सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले आसन्न उपनिर्वाचनका निम्ति उमेदवारको टुंगो लगाएको छ । शनिबार एमालेले स्थानीय तहमा रिक्त ४२ पदमा नै उमेदवार हुने व्यक्तिका नाम सार्वजनिक गरेको हो ।
एमालेले यसअघि नै कतिपय उमेदवारको नाम टुंगो लगाएको थियो । बाँकी पदमा पनि उमेदवारको नाम चयन गरिएको एमालेले जनाएको छ ।
स्थानीय तहमा रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ । आइतबार (भोलि) उमेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।
एमालेतर्फका उमेदवारको सूची हेर्नोस्–
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१ १४:१५
प्रतिक्रिया दिनुहोस्