site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित (मतसहित)

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत मात्र प्राप्त गरे । 

उपाध्यक्षमा २५० मतका साथ उदयबहादुर राई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी उमेश गुरुङले १८४ र बुद्धिप्रसाद खनालले १३७ मत मात्र प्राप्त गरे ।  

सचिवमा रामप्रसाद सुवेदी निर्वाचित भए । उनले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरे । 

सुवेदीले २९२ मत पाउँदा अधिकारीले २६८ मत प्राप्त गरे । उपसचिव (खुला) मा निकटतम प्रतिस्पर्धी छवि श्रेष्ठलाई २६ मतान्तरमा पराजित गर्दै रमेश राई निर्वाचित भएका छन् । 

राईले १७० मत प्राप्त गर्दा श्रेष्ठले १५३ मत प्राप्त गरे । अन्य प्रतिस्पर्धी यामबहादुर राईले १३४ र मानविर लुहागुनले ५६ मत मात्र प्राप्त गरे । 

उपसचिव (महिला) मा प्रतिस्पर्धी विष्णुमाया रिमाल (आचार्य)लाई ९२ मतान्तरमा पराजित गर्दै दिलकुमारी लिम्बू निर्वाचित भएकी छन् ।  लिम्बूले ३०९ मत पाउँदा रिमालले २१७ मत मात्र प्राप्त गरिन् । 

बिहीबारदेखि सुरु भएको अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसंगठन र पेसागत संगठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका ५८७ प्रतिनिधि सहभागी थिए । मत भने ५८१ मात्र खसेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro