site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बक्यौता नउठाएरै बिजुली जोड्ने विषयमा अन्तिमसम्म असहमत थिए कुलमान !
फाइल तस्बिर ।

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नउठाएर बिजुली जोड्ने विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिमसम्म असहमति राखेको खुलेको छ । चौधवटा उद्योग बक्यौता तिर्न सहमत भएको र अरू पनि आउने भन्दै घिसिङले अन्तिमसम्म जोड्न नहुने अडान राख्दा प्राधिकरणको बोर्ड बैठक लम्बिएको थियो ।

राजस्व सचिव दिनेशकुमार घिमिरे र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले सम्झाएपछि माइन्युटमा हस्ताक्षर गर्न राजी भएको स्रोत बताउँछ ।

“कुलमानजी अन्तिमसम्म तयार हुनुभएन । अन्त्यमा राज्यमन्त्री र राजस्व सचिवले मन्त्रिपरिषद्को निर्णय हो, यसलाई कार्यान्वयन नगर्दा अप्ठेरो पर्छ भनेपछि उहाँले हस्ताक्षर गर्नुभयो,” स्रोतले भन्यो ।

बैठकमा राज्यमन्त्री तामाङ आमन्त्रित सदस्यको रूपमा बैठकमा सहभागी थिए ।

प्राधिकरणको बोर्ड बैठकले निर्णय गरेपछि १९ दिनपछि उद्योगहरूमा लाइन जोड्ने निर्णय भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले २४ घण्टाभित्र उद्योगमा लाइन जोड्ने वातावरण मिलाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

त्यसपछि आज (मंगलबार) बसेको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेको हो । यस्तै, १५ दिनभित्र बक्यौता उठाउने पनि बैठकले निर्णय गरेको ऊर्जामन्त्री दीपक खड्काले बताए । बिजुली बक्यौताको बिल उपलब्ध गराउन नसके कर्मचारीलाई समेत कारबाही गर्ने उनको भनाइ छ ।

“पन्ध्र दिनभित्र बक्यौता असुल गर्ने निर्णय भइसकेको छ । बिल दिन नसके कर्मचारीहरूलाई कारबाही हुन्छ,” मन्त्री खड्काले भने ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro