site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योगमा काटिएको बिजुली जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको बिजुली लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको हो ।

गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।

तर, सोमबार नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले मन्त्रिपरिषद्को निर्णयको विरोध गरेका थिए । उनीहरूले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम नबुझाएरै लाइन जोडिए संघर्ष गर्ने चेतावनी दिएका थिए ।

अर्कोतिर सोमबार अपराह्न मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका थिए ।

मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक बोलाएका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro