site stats
बाह्रखरी :: Baahrakhari
देश
बागलुङ दुर्घटना : मृतक पाँचजनाको पहिचान
प्रतीकात्मक तस्बिर ।

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचैजनाको पहिचान भएको छ ।

जैमिनी–७, जैदी र छिस्तीको सिमाना व्यार्थलानजिकै ग२च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार, मृत्यु हुनेमा जीपका चालक जैमिनी–८, छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष हुन् । भ्यान सडकदेखि ५०० मिटरभन्दा तल खसेको प्रहरी निरीक्षक थापाले बताए ।

दुर्घटनामा सोही ठाउँका ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् । उपचारका निम्ति उनलाई धौलागिरि अस्पतालमा ल्याइँदै छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्