site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्धित

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल ‘मार्की’ रहेको पोखरा एभेन्जर्समा अनुबन्धित ३१ वर्षीय राइफर अलराउन्डर हुन् । उनले ट्वान्टी–२० मा ९३ म्याच खेलेका छन्, जसमा एक हजार १२४ रन बनाउँदै ६६ विकेट लिएका छन् ।

टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री, दिलीप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् ।

यस्तै, इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपरकिंग्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहिसकेका राजीव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रूपमा अनुबन्ध गरिसकेको छ ।

एनपीएपल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना गरिँदै छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro