site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरियामा इजरायली हवाई आक्रमण : सातजनाको मृत्यु
तस्बिर : एएफपी ।

काठमाडौं । सिरियाको राजधानी दमस्कसनजिकै आइतबार साँझ इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित सात सर्वसाधारणको मृत्यु भएको छ । २० जना घाइते भएका देशको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, साँझ करिब ५ बजे (स्थानीय समय) इजरायलले आक्रमण गरेको थियो । आक्रमण दमस्कसको ग्रामीण इलाकामा सय्यदाह जायनाब क्षेत्रस्थित आवासीय भवनलक्षित थियो ।

आक्रमणबाट निजी सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स, बेलायतमा रहेको युद्ध पर्यवेक्षकले यसअघि उक्त क्षेत्रमा लेबनानी नागरिक र हिजबुल्लाह सदस्य बसोबास गर्ने आवासीय भवनको फ्ल्याटमा आक्रमण भएको रिपोर्ट गरेको थियो ।

सिरियाको राजधानीको दक्षिणमा अवस्थित सय्यदाह जायनाब एक प्रमुख शिया तीर्थस्थलको घर हो । त्यो विगतमा इजरायली आक्रमणको निसाना बनिसकेको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro