site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुरुष यू–१९ एसिया कपका निम्ति नेपाली टोलीको घोषणा

काठमाडौं । पुरुष यू–१९ एसिया कप २०२४ का निम्ति नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुन लागेको यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरेको हो ।

हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको छ । उपकप्तानमा अर्जुन कुमाल रहेका छन् । नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव रहेका छन् ।

युवराज खत्री, रोशन विक, विपीन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ । टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धीरेन्द्र चन्दले जिम्मेवारी पाएका छन् ।

पुरुष यू–१९ एसिया कप २०२४ आउँदो मंसिर १४ गतेदेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा आयोजना गरिँदै छ । एसिया कपमा घरेलु टोली यूएई, नेपालसहित आठ राष्ट्र सम्मिलित छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’मा नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

नेपालले मंसिर १४ गते हुने पहिलो खेलमा श्रीलंकाको सामना गर्नेछ । यस्तै, मंसिर १६ गते बंगलादेश र १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

दुवै समूहबाट दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । मंसिर १९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलबाट दुवै समूहबाट एक/एक टोली फाइनलमा पुग्नेछन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro