site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको कार्यशैलीप्रति शेखर कोइराला असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार कांग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको बीपी कोइरालाको सालिक अनावरण तथा आमसभामा उनले सातबुँदे सहमतिमा निर्मित वर्तमान सरकारले त्यसानुसार कुनै काम नगरेको बताए ।

नेता कोइरालाले वर्तमान सरकार संविधान संशोधनलगायत महत्त्वपूर्ण काम गर्ने गरी कांग्रेससँगको सहमतिमा बनाइएको उल्लेख गरे । सरकारले संविधान संशोधनको कार्य सुरु नगरेकामा उनले आपत्ति जनाए ।

संविधान संशोधन गर्न वर्तमान सरकारले अरू दलसँग पनि सहकार्य सुरु गर्नुपर्नेमा कोइरालाले जोड दिए । उनले सातबुँदे सहमति कार्यान्वयनको अवस्थाबारे अब प्रश्न उठाउनुपर्ने बेला आएको बताए ।

त्रियुगा नगरपालिका–११ स्थित मदनभण्डारी राजमार्गको बीचमा निर्मित सालिकको अनावरण गर्दै उनले बीपी कोइरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारका असल कार्यको प्रचार र खराबको विरोध गर्न सक्नुपर्ने बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro