site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले जर्सी सार्वजनिक गरेका हुन् । जोन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङको लोमान्थाङ पुगेका थिए ।

पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरी लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले बताए । “जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका छौँ,” उनले भने ।

कार्यक्रममा क्यानका कप्तान पारस खड्काले नेपाली क्रिकेटको विकासमा मोन्टीको आगमनले सघाउने बताए । “प्रतियोगितामा ट्रफी एउटाले जित्नेछ, तर नेपाली क्रिकेटको सहभागिताले राष्ट्रको क्षमता अभिवृद्धि गर्नेछ । नेपाली क्रिकेटको लागि सुखद हुनेछ,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro