site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिबद्धता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि राष्ट्रपतिको प्रतिस्पर्धामा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।  

पराजयपछि भावुक बन्दै उपराष्ट्रपति ह्यारिसले वासिङ्टनमा एक सम्बोधनमा आँसु झार्दै आफ्ना समर्थकलाई ‘निराश नहुन’ र आफ्नो हारपछि पनि ‘लडिरहन’ आग्रह गरेकी छन् ।

रिपब्लिकन नेता ट्रम्पले चार वर्षअघि जो बाइडनविरुद्धको हार स्वीकार्न इन्कार गरेपछि अमेरिकाको राजधानी वासिङ्टनमा उनका समर्थकहरूले गरेको हिंसात्मक आक्रमण भएको स्मरण गर्दै उनले सत्ताको शान्तिपूर्ण हस्तान्तरण सुनिश्चित गर्ने प्रतिज्ञा पनि गरिन् । 

हावर्ड युनिभर्सिटीमा आफ्नो छोटो तर सशक्त सम्बोधनमा ह्यारिसले भनिन्, “म यो निर्वाचन परिणामलाई स्वीकार गर्छु तर निर्वाचन क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड्किलो ‘दुस्प्रचार’लाई कहिल्यै स्वीकार गर्नेछैन ।”

“मलाई थाहा छ, धेरै अमेरिकीहरूले हामी अँध्यारो समयमा प्रवेश गर्दैछौँ जस्तो महसुस गरेका छन्,” ट्रम्पको आश्चर्यजनक भारी विजयपछि पहिलो सार्वजनिक टिप्पणी गर्दै उनले भनिन् । उनले ट्रम्पको विजयलाई संकेत गर्दै अगाडि भनिन्, “हामी सबैको फाइदाका लागि त्यसो हुनु हुँदैनथ्यो ।” 

अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने असफल प्रयासका क्रममा ट्रम्पलाई लोकतन्त्रका लागि खतराको संज्ञा दिएकी ह्यारिसले ट्रम्पलाई बधाई दिन फोन गरेको एक सहयोगीले बताएका छन् ।

ह्वाइट हाउसमा आफ्नो ऐतिहासिक पुनरागमन ७८ वर्षीय ट्रम्पले फौजदारी अभियोग, पदमा रहँदा दुई पटक महाभियोग र आफ्ना पूर्वचिफ अफ स्टाफको चेतावनीलाई गलत पुष्टि गर्दै पहिलेको तुलनामा ठूलो मतान्तरले जित हासिल गरेका हुन् ।

एक्जिट पोलले मतदाताको मुख्य चासो कोभिड महामारीका कारण बाइडेनको नेतृत्वमा खस्किएको अमेरिकी अर्थतन्त्र र बढेको मुद्रास्फीति नै अमेरिकी निर्वाचनको हार वा जीतको कारक हुने देखाएको थियो । 

ह्यारिसले आफूलाई महिलाहरूको समर्थन वृद्धि हुने आशा गरेकी थिइन् । तर सीएनएनको एक्जिट पोलले उनलाई केवल आठ अंक्को जनसाङ्ख्यिकीय अग्रता दिएको थियो । यो बाइडनले चार वर्षअघि प्राप्त गरेको भन्दा लगभग आधा हो ।

आफ्नो उमेरको चिन्ताका कारण गत जुलाईमा चुनावी दौडबाट बाहिरिएका ८१ वर्षीय बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा आगामी छलफलका लागि निमन्त्रणा गरेको अधिकारीहरूले बताएका छन् ।

नवनिर्वाचित राष्ट्रपतिका प्रवक्ता स्टिभन चेउङले भने, “ट्रम्पले निमन्त्रणालाई स्वीकार्नुभएको छ र चाँडै हुने बैठकबारे आशावादी भएको बताउनुभएको छ ।” 

राष्ट्रपति बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छ । सम्बोधनमा उनले पार्टीमा आफ्ना निकट सहयोगी तथा उपराष्ट्रपति ह्यारिसको ‘साहस’ र ‘निष्ठा’ को सम्मान गर्दै चुनावी अभियानका लागि धन्यवाद पनि ज्ञापन गर्ने बताइएको छ । 

ट्रम्पको जितसँगै उनले आर्थिक वृद्धिलाई गति दिन आक्रामक रूपमा अघि बढ्ने अपेक्षाका साथ वाल स्ट्रिट र डलर दुवैको मूल्यमा वृद्धि भएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro